"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इन्जिनियरिङ अध्ययन संस्थानका परीक्षा प्रक्रिया सुचारू गर्न नेविसंघको आग्रह

प्रकाशित मिति :  25 September, 2023 12:10 pm


काठमाडौं । नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रवेश परीक्षा मिति तोक्न आग्रह गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर ‘हाललाई न्यूनतम मात्र सन्तुलनको मार्गप्रशस्त गर्दै तत्काल प्रवेश परीक्षा मिति तोकी प्रक्रिया सुचारू गर्न हामी चेतावनीपूर्वक आग्रह गर्दछौं’ भन्ने उल्लेख गरेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा बढाएको शुल्क पुनरावलोकन हुनुपर्ने नेविसंघले बताउँदै आएको छ। गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेपछि नेविसंघलगायत विद्यार्थी संघसंगठनले विरोध गरेका थिए।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विरोध भएको थियो। शुल्क पुनरावलोकन गर्न समिति बनाए पनि ५ लाख शुल्कको प्रस्ताव गरेको भन्दै विरोध भइरहेको छ। संस्थानले २०५३ सालदेखि शुल्कवृद्धि गरेको थिएन।

382445138_309055601761700_2345938360960119618_n-1695619600.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा