"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इन्जिनियरिङ अध्ययन संस्थानका परीक्षा प्रक्रिया सुचारू गर्न नेविसंघको आग्रह

प्रकाशित मिति :  25 September, 2023 12:10 pm


काठमाडौं । नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रवेश परीक्षा मिति तोक्न आग्रह गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर ‘हाललाई न्यूनतम मात्र सन्तुलनको मार्गप्रशस्त गर्दै तत्काल प्रवेश परीक्षा मिति तोकी प्रक्रिया सुचारू गर्न हामी चेतावनीपूर्वक आग्रह गर्दछौं’ भन्ने उल्लेख गरेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा बढाएको शुल्क पुनरावलोकन हुनुपर्ने नेविसंघले बताउँदै आएको छ। गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्कवृद्धि गरेपछि नेविसंघलगायत विद्यार्थी संघसंगठनले विरोध गरेका थिए।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विरोध भएको थियो। शुल्क पुनरावलोकन गर्न समिति बनाए पनि ५ लाख शुल्कको प्रस्ताव गरेको भन्दै विरोध भइरहेको छ। संस्थानले २०५३ सालदेखि शुल्कवृद्धि गरेको थिएन।

382445138_309055601761700_2345938360960119618_n-1695619600.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक