"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘बिजनेस’ नहुँदा छ पटक सर्‍यो राष्ट्रियसभा

प्रकाशित मिति :  29 September, 2023 12:31 pm


काठमाडौँ । राष्ट्रियसभा बैठक लगातार ६ पटक सरेको छ। आज शुक्रबार बस्ने तय भएको बैठक एकाएक सूचना जारी गरी असोज १८ बोलाइएको हो।

गत भदौ २८ गते शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक १२ असोजमा लामो अन्तरालमा बोलाइएको थियो। त्यसअघि १८ भदौमा बैठक बसेपछि २२ भदौमा बोलाइएको थियो तर सूचना जारी गरेर २७ भदौमा बोलाइएको बैठक पनि सूचनाबाट स्थगित गरी २८ भदौमा बोलाइएको थियो।

२६ भदौमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनका कारण २७ र २८ गतेको बैठक प्रभावित भएको थियो। राष्ट्रियसभामा विधायनसम्बन्धी विधेयक, विद्युत व्यापारसम्बन्धी विधेयक, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक छन्। प्रतिनिधिसभाले विधेयक पारित गरेर नपठाएसम्म अन्य विधेयक यो सभामा छैनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर