"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आज प्रतिनिधि सभा बैठक बस्दै, यी कार्यसूचीमा छलफल हुने

प्रकाशित मिति :  2 March, 2022 8:32 am



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

गत आइतबार एमसिसी अनुमोदन गरेपछि बैठक स्थगित गरिएको थियो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुइटा प्रस्ताव पेश गर्दैछन्। ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य