"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले संसदलाई विदेश भ्रमण बारे जानकारी गराए

प्रकाशित मिति :  1 October, 2023 3:32 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिका र चीन भ्रमणसहितका विषयमा जानकारी गराएका छन्।

उनले आजै बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको निर्णय पनि जानकारी गराए। यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको उनले बताए। उनले राष्ट्र संघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको पनि बताए।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा विदेश भ्रमण वारे जानकारी गराए ।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राखेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर