"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले संसदलाई विदेश भ्रमण बारे जानकारी गराए

प्रकाशित मिति :  1 October, 2023 3:32 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिका र चीन भ्रमणसहितका विषयमा जानकारी गराएका छन्।

उनले आजै बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको निर्णय पनि जानकारी गराए। यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको उनले बताए। उनले राष्ट्र संघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको पनि बताए।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा विदेश भ्रमण वारे जानकारी गराए ।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राखेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट