"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तहमा मात्रै भ्रष्टाचारका ४७ प्रतिशतभन्दा बढी मुद्दा

प्रकाशित मिति :  3 October, 2023 11:27 am


काठमाडौँ । भ्रष्टाचारका ४७ प्रतिशतभन्दा बढी मुद्दा स्थानीय तहका मात्रै रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवदनअनुसार ४७.५४ प्रतिशत मुद्दा स्थानीय तहका मात्रै रहेका छन्।

आयोगले गत आर्थिक वर्ष २०७९/८० मा भ्रष्टाचारसम्बन्धी परेका उजुरीमा छानबिन गरी अदालतमा मुद्दा दायर गरेकामध्ये ४७.५४ प्रतिशत मुद्दा स्थानीय तह प्रशासन र शिक्षा क्षेत्रका रहेका छन्।

गत आर्थिक वर्षमा आयोगले विभिन्न क्षेत्रका कुल १६२ मुद्दा विभिन्न अदालतमा दायर गरेको छ। तीमध्ये ७७ मुद्दा स्थानीय तहसँग सम्बन्धित छन्। ६६ मुद्दा स्थानीय तहको प्रशासनका र ११ मुद्दा स्थानीय तहअन्तर्गत शिक्षा क्षेत्रका रहेका वार्षिक प्रतिवेदनमा उल्लेख छ।

सोबाहेक १६ मुद्दा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित रहेका छन्। त्यस्तै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित ७ वटा मुद्दा रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ५ मुद्दा, प्रदेशका कृषि तथा पशुपन्छी ५ मुद्दा रहेका छन्। त्यस्तै गृह मन्त्रालयसँग सम्बन्धित ५ मुद्दा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित ४, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित ४ र संघीय कृषि तथा पशुपन्छी मन्त्रालयसँग सम्बन्धित ४ मुद्दा विभिन्न अदालतमा दायर गरिएका आयोगको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै अर्थ मन्त्रालयसँग सम्बन्धित ३ मुद्दा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग ३, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित ३, संघीय खानेपानी मन्त्रालयसँग सम्बन्धि ३ तथा प्रदेश सिंचाइसँग सम्बन्धित ३ वटा मुद्दा विभिन्न अदालतमा दायर गरिएका छन्।

आयोगले सोमबार गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। अख्तियार प्रमुख प्रेमकुमार राईले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले आयोगजस्ता संवैधानिक निकाय भ्रष्टारचारविरुद्ध सशक्त ढंगले अगाडि बढ्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।