"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा गणपूरक संख्या अपुगले सभाको कार्यसूची प्रभावित

प्रकाशित मिति :  3 October, 2023 7:23 pm


काठमाडौं । गणपूरक संख्या नपुगेपछि मंगलबारको प्रतिनिधि सभाको कार्यसूची प्रभावित भएको छ । मंगलबार एउटा मात्रै कार्यसूची थियो-विद्युत विधेयक पेश गर्ने । तर, पेश गर्नु अगाडि संसदमा गणपूरक संख्याबारे प्रश्न उठ्यो । गन्दा जम्मा ६६ सांसद मात्रै उपस्थित रहेको जानकारी सभामुख देवराज घिमिरेले सदनलाई गराए ।

संसद सचिवालयका अनुसार मंगलबार १८० जना सांसदले उपस्थित भएको हाजिर गरेका छन् । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा कम्तिमा ६९ सांसद उपस्थित हुनुपर्छ ।

हाजिर गरेर सांसदहरु हिडेँपछि गणपूरक संख्या यकिन गर्दा ६६ जना सांसदमात्रै देखिए । त्यसपछि सभामुख घिमिरेले कार्यसूचीबाट बाँकी विषय हटाएर बैठक स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक १८ गते दिउँसो १ बजे बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता