"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा गणपूरक संख्या अपुगले सभाको कार्यसूची प्रभावित

प्रकाशित मिति :  3 October, 2023 7:23 pm


काठमाडौं । गणपूरक संख्या नपुगेपछि मंगलबारको प्रतिनिधि सभाको कार्यसूची प्रभावित भएको छ । मंगलबार एउटा मात्रै कार्यसूची थियो-विद्युत विधेयक पेश गर्ने । तर, पेश गर्नु अगाडि संसदमा गणपूरक संख्याबारे प्रश्न उठ्यो । गन्दा जम्मा ६६ सांसद मात्रै उपस्थित रहेको जानकारी सभामुख देवराज घिमिरेले सदनलाई गराए ।

संसद सचिवालयका अनुसार मंगलबार १८० जना सांसदले उपस्थित भएको हाजिर गरेका छन् । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा कम्तिमा ६९ सांसद उपस्थित हुनुपर्छ ।

हाजिर गरेर सांसदहरु हिडेँपछि गणपूरक संख्या यकिन गर्दा ६६ जना सांसदमात्रै देखिए । त्यसपछि सभामुख घिमिरेले कार्यसूचीबाट बाँकी विषय हटाएर बैठक स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक १८ गते दिउँसो १ बजे बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा अध्यादेश जारी गरेका छन्। उनले शनिबार एकैपटक तीनवटा अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती र त्यसका सहायक नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरू सुरक्षित र व्यवस्थित जीवनतर्फ अघि बढ्न

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद् राज्य भएको बताएका छन् । संवैधानिक परिषद्‌मा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै