"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वालिङ नगरपालिका एसिया प्यासिफिकको उत्कृष्ट ‘एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

प्रकाशित मिति :  11 October, 2023 10:40 am


स्याङ्जा । पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ । एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने लागेको हो । 

अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले नगर प्रमुख कृष्ण खाँणलाई पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड जितेको बताए ।  नगरप्रमुख कृष्ण खाँणले  एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएको बताए । उनले नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताए। नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गरे ।

नगर बासीहरूको सहयोग,कर्मचारीहरूको तदारुकता र जनप्रतिनिधिहरूको समर्पणले वालिङ सम्पत्ति बनेको बताउदै खाँणले अभियानलाई अझै उचाइमा लैजान फोहोरलाई पूर्ण रूपमा आम्दानीको स्रोतको रूपमा परिणत गर्न आवश्यक सबै कदमहरू अगाडि बढाउने बताए । सरसफाइको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरूको सही पालना तथा कार्यान्वयनको लागि नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख खाँणको भनाई थियो। 

पुरस्कार १३–१५ नोभेम्बर २०२३ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।  अवार्ड वितरणको क्रममा एक जनालाई आते जाते तथा आना बस्नको सबै सुविधा संस्थाले ब्यहोर्ने बताएको छ ।

  • गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा