"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठक : प्रतिपक्षीको विरोध यथावत, अर्को बैठक फागुन २२ बस्ने

प्रकाशित मिति :  2 March, 2022 2:56 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ। बुधबार आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए।

एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाएका थिए। आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची थियो।

प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले उक्त प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्। अब फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य