"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तारुढ गठबन्धन पूर्ण कार्यकाल रहन्छ, आशंका नगर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  15 October, 2023 4:20 pm


चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी, जनमतलगायतका राजनीतिक दलहरूको सत्तारुढ गठबन्धनले संसद्को पूर्ण कार्यकाल कायम रहने बताएका छन् । चितवनमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले केही दलहरूले गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको तर त्यो सफल नहुने बताए । कांग्रेस, माओवादीसहितको गठबन्धन पूर्ण कार्यकाल चल्ने दाबी गरेका हुन् ।

‘एकथरी मान्छेहरू छटपटिएका छन् । उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने, के गरी यो गठबन्धन उल्ट्याउने, यो गठबन्धन यसरी नै सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, अनि देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने, भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो । यसबाट अब कहिल्यै पनि सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरीहरू निकै विक्षिप्त भएको पनि तपाईंहरूले महसुस गर्नुभएको होला,’ उनले भने, ‘अब यो गठबन्धन पूर्ण कार्यकाल यहिँ स्प्रिटमा राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु ।’

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको रूपमा प्रधानमन्त्री दाहालले अर्थ्याएका छन् । सरकारले राम्रो काम गरिरहेको कुरा सहन नसकेर गठबन्धन फुटाउन खोजेको दाबी उनको थियो । ‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरूले पनि देख्नुभयो होला यहि गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत ती कामहरू थिए,’ उनले भने ।

गठबन्धन जोगाउन कांग्रेस र माओवादी केन्द्र एकताबद्ध रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो

काठमाडौँ- राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ। अध्यादेशको विषयवस्तुका विषयमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश फिर्ता पठाएका

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १