"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तारुढ गठबन्धन पूर्ण कार्यकाल रहन्छ, आशंका नगर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  15 October, 2023 4:20 pm


चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी, जनमतलगायतका राजनीतिक दलहरूको सत्तारुढ गठबन्धनले संसद्को पूर्ण कार्यकाल कायम रहने बताएका छन् । चितवनमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले केही दलहरूले गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको तर त्यो सफल नहुने बताए । कांग्रेस, माओवादीसहितको गठबन्धन पूर्ण कार्यकाल चल्ने दाबी गरेका हुन् ।

‘एकथरी मान्छेहरू छटपटिएका छन् । उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने, के गरी यो गठबन्धन उल्ट्याउने, यो गठबन्धन यसरी नै सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, अनि देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने, भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो । यसबाट अब कहिल्यै पनि सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरीहरू निकै विक्षिप्त भएको पनि तपाईंहरूले महसुस गर्नुभएको होला,’ उनले भने, ‘अब यो गठबन्धन पूर्ण कार्यकाल यहिँ स्प्रिटमा राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु ।’

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको रूपमा प्रधानमन्त्री दाहालले अर्थ्याएका छन् । सरकारले राम्रो काम गरिरहेको कुरा सहन नसकेर गठबन्धन फुटाउन खोजेको दाबी उनको थियो । ‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरूले पनि देख्नुभयो होला यहि गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत ती कामहरू थिए,’ उनले भने ।

गठबन्धन जोगाउन कांग्रेस र माओवादी केन्द्र एकताबद्ध रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल