"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

प्रकाशित मिति :  3 May, 2026 6:43 pm


काठमाडौँ- राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ। अध्यादेशको विषयवस्तुका विषयमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश फिर्ता पठाएका हुन्।

लोकतान्त्रिक मान्यता, संविधानको आधार र बहुमतीय प्रतिस्पर्धालाई ध्यानमा राख्दै पुनर्विचार गर्न सरकारसमक्ष अध्यादेश फिर्ता पठाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले संविधानको पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन राष्ट्रपति पौडेलले अध्यादेश फिर्ता पठाएको बताए।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको, यसअघि पनि मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश जारी नगरेको प्रसंग पनि स्मरण गराएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष असार २५ मा प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति पौडेलले सन्देशसहित फिर्ता पठाएका थिए। त्यस्तै तत्कालीन मन्त्रिपरिषद्को मिति २०८२/०८/०२ को निर्णयबमोजिम प्राप्त भएको संवेधानिक परिषदसम्बन्धी अध्यादेश, २०८२ उनले जारी गरेका थिएनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य