"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

प्रकाशित मिति :  17 October, 2023 6:53 pm


काठमाडौँ । सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो। सरकारले उनीहरुलाई भारतीय विमानमार्फत् दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।

मन्त्रालयकाअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् भारतीय नागरिकहरुसँगै १९ नेपाली नागरिकको पनि उद्धार गरेर ल्याइएको हो । दिल्ला आइपुगेपछि नेपालीहरुलाई त्यहाँ रहेको नेपाली दूतावासमार्फत् गौरीफन्टा नाका हुँदै कैलाली ल्याउने तयारी छ । उनीहरु मंगलबार बेलुका दिल्ली पुग्नेछन् भने बुधबार कैलाली आइपुग्नेछन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा,दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् ।

सरकारले यसअघि २५४ जना नेपालीको उद्धार गरेको थियो । त्यसबेला परराष्ट्रमन्त्री साउद आफैँ उद्धार विमान लिएर इजरायल पुगेका थिए । पढाई र रोजगारीकालागि करिब पाँच हजार नेपाली इजरायलमा छन् । उनीहरुमध्ये सरकारले देश फर्किन चाहनेहरुबाट आवेदन माग गरेकोमा ५०३ जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका थिए । उनीहरुमध्ये अहिलेसम्म २७३ जनालाई नेपाल फर्काइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर