"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

प्रकाशित मिति :  17 October, 2023 6:53 pm


काठमाडौँ । सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो। सरकारले उनीहरुलाई भारतीय विमानमार्फत् दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।

मन्त्रालयकाअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् भारतीय नागरिकहरुसँगै १९ नेपाली नागरिकको पनि उद्धार गरेर ल्याइएको हो । दिल्ला आइपुगेपछि नेपालीहरुलाई त्यहाँ रहेको नेपाली दूतावासमार्फत् गौरीफन्टा नाका हुँदै कैलाली ल्याउने तयारी छ । उनीहरु मंगलबार बेलुका दिल्ली पुग्नेछन् भने बुधबार कैलाली आइपुग्नेछन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा,दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् ।

सरकारले यसअघि २५४ जना नेपालीको उद्धार गरेको थियो । त्यसबेला परराष्ट्रमन्त्री साउद आफैँ उद्धार विमान लिएर इजरायल पुगेका थिए । पढाई र रोजगारीकालागि करिब पाँच हजार नेपाली इजरायलमा छन् । उनीहरुमध्ये सरकारले देश फर्किन चाहनेहरुबाट आवेदन माग गरेकोमा ५०३ जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका थिए । उनीहरुमध्ये अहिलेसम्म २७३ जनालाई नेपाल फर्काइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।