"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रसंघका महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउने

प्रकाशित मिति :  17 October, 2023 6:59 pm


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो । यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो ।

इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो । स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

‘यूएन महासभाका क्रममा प्रधानमन्त्रीले दिनुभएको निम्तोलाई माने महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउनु हुने भएको छ’, मल्लले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित भएकाले यसअघि तय भएको एजेन्डामा छलफल हुनेछ । त्यसपछि उहाँ १५ कात्तिकमा फर्किने कार्यक्रम रहेको छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेसले भ्रमणका क्रममा यूएन महासभामा प्रधानमन्त्री प्रचण्डले राखेका विषयमा छलफल हुने उनको भनाइ छ । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन (एलडीसी) र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा अध्यक्ष मुलुकको हैसियतमा विषय राखेका थिए ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले यीनै विषयमा सरोकारवाला पक्षहरूसँग संवाद गर्नेछन् । शान्ति प्रक्रियाका विषयमा सरकारमा रहेका सम्बन्धित सबै राजनीतिक दलका प्रतिनिधिसँग संवाद गर्ने सम्भावना रहेको छ । यद्यपि, त्यसको कार्यातालिका अझै तय भइसकेको छैन ।

त्यसबाहेक जलवायु परिवर्तनका कारण देखिएका असरका विषयमा छलफल हुनेछ भने महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने भएको छ । यस्तै भ्रमणका क्रममा एलडीसीमा स्तारोनतिका लागि सदस्य राष्ट्र रहेका ४७ वटा मुलुक तथा अध्यक्ष राष्ट्र रहेको नेपालका विषयमा समेत छलफल हुनेछ । भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। मरिससमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ