"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालसंग यूएई ७ विकेटले पराजित

प्रकाशित मिति :  18 October, 2023 4:49 pm


काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए । पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएइले वसिल हमिदको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

उसको सुरुवात खराब थियो । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए । ५४ रन जोड्दा ४ विकेट गुमाएको यूईएको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए ।

त्यसपछि पनि आक्रमण पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पुरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अभिनास बोहोराले समान १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै