"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित

प्रकाशित मिति :  28 October, 2023 6:26 pm


काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् । अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनीसमेत दिए । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उनले हमासको अत्याचार सहेर नबस्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको

काठमाडौँ – सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा नियुक्ति

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच गृह मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।