"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक पेश

प्रकाशित मिति :  29 October, 2023 5:04 pm


काठमाडौं । बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् । चेक अनादरसम्बन्धी व्यवस्थालाई संशोधन गर्न ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ १६ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको बताए । यस्तो कार्यउपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उनले बताए ।

सांसद प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि चेक अनादरसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट