"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

प्रकाशित मिति :  5 November, 2023 10:59 am


काठमाडौं । भूकम्पमा घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बताए।

‘भूकम्पबाट घाइते भएका सबैको सरकारले निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ,’ उनले भने। त्यस्तै, मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने गरी तयारी थाल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए।

‘संघ–संस्था, राजनीतिक दल, तिनका भ्रातृ संस्था जसजसले सहयोग गर्नुहुन्छ। सरकारी कोषमा जम्मा गर्नुपर्ने छ। सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ,’ मन्त्री ज्वालाले भने, ‘राहत संकलनको पहिलो केन्द्र सुर्खेत बनाउने निर्णय भएको छ। दोस्रो नेपालगञ्ज हुने छ।’

उनले उपचारको पहिलो केन्द्र नेपालगञ्ज र दोस्रो सुर्खेत बनाइएको पनि बताए। आइतबारको मन्त्रिपरिषद्को बैठकले उद्धारको काम प्रभावकारीरूपमा भएको निष्कर्ष निकाले पनि बताए। ‘करिबकरिब उद्धारको काम सकिएको छ। अब राहत वितरणमा जोड दिन्छौं। मन्त्रिपरिषदले सहयोगका लागि विभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थालाई पनि अपिल गरेको छ,’ उनले भने।

उनले अब बन्ने भौतिक संरचना विपद्लाई ध्यानमा राखेर बनाइनुपर्ने र विपद् पूर्वतयारीका लागि जिल्ला तहका संयन्त्रलाई प्रभावकारी बनाएर लैजाने नीतिगत निर्णय भएको पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारबाट सिफारिस भएकामध्ये उनले तेस्रो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति पौडेलले

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । उनले सरकारले सिफारिस गरेका ६ मध्ये यी दुई

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार