"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, भूकम्प प्रभावित जिल्ला जाने

प्रकाशित मिति :  6 November, 2023 4:38 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित गरेका छन् । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन् । 

पौडेल यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । चालिसेले भने, ‘गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले गर्दा देश नै शोकमा छ । संकट परेको छ । परिस्थिति पनि असहज छ । त्यसैले राष्ट्रपतिले यो अवस्थामा भ्रमण नगर्ने निर्णय गर्नुभएको हो ।’

जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने ३ सय ३८ जना घाइते भएका थिए । राष्ट्रपति पौडेल भूकम्प प्रभावित जिल्ला जाने भएका छन्। राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्। गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प जाँदा जनधनको क्षति भएको थियो। राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि हुने युरोप भ्रमण पनि स्थगित गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल