"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, भूकम्प प्रभावित जिल्ला जाने

प्रकाशित मिति :  6 November, 2023 4:38 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित गरेका छन् । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन् । 

पौडेल यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । चालिसेले भने, ‘गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले गर्दा देश नै शोकमा छ । संकट परेको छ । परिस्थिति पनि असहज छ । त्यसैले राष्ट्रपतिले यो अवस्थामा भ्रमण नगर्ने निर्णय गर्नुभएको हो ।’

जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने ३ सय ३८ जना घाइते भएका थिए । राष्ट्रपति पौडेल भूकम्प प्रभावित जिल्ला जाने भएका छन्। राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्। गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प जाँदा जनधनको क्षति भएको थियो। राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि हुने युरोप भ्रमण पनि स्थगित गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो

काठमाडौँ- राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ। अध्यादेशको विषयवस्तुका विषयमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश फिर्ता पठाएका

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १