"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा पछिल्लो २० दिनमा २६६ दुर्घटना, ७ जनाको मृत्यु

प्रकाशित मिति :  16 November, 2023 5:45 pm


काठमाडौं । गत कात्तिक ११ देखि ३० गतेसम्मको अवधिमा काठमाडौं उपत्यकामा २६६ वटा दुर्घटना भएको छ । यी दुर्घटनाहरुमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेको हो भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको हो । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । यीमध्ये कतिपय घटनामाथि अहिले पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

३७ ठाउँबाट १ करोडका धनमाल चोरी

दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।

त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा