"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा पछिल्लो २० दिनमा २६६ दुर्घटना, ७ जनाको मृत्यु

प्रकाशित मिति :  16 November, 2023 5:45 pm


काठमाडौं । गत कात्तिक ११ देखि ३० गतेसम्मको अवधिमा काठमाडौं उपत्यकामा २६६ वटा दुर्घटना भएको छ । यी दुर्घटनाहरुमा ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार ७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेको हो भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएर भएको हो । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । यीमध्ये कतिपय घटनामाथि अहिले पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

३७ ठाउँबाट १ करोडका धनमाल चोरी

दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।

त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर