"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा बस्दै

प्रकाशित मिति :  22 November, 2023 11:20 am


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

एमालेको भातृ संगठन युवा संघले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध भन्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छ ।

यसैगरी मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर अभियान सुरु गर्दैछ । यिनै कार्यक्रमको पूर्व तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको एमालेले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।