"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्तिपूर्ण रुपमा तीनकुनेमा युवा संघको विरोध प्रदर्शन

प्रकाशित मिति :  23 November, 2023 1:30 pm


काठमाडौँ । एमालेको भातृ संगठन युवा संघको विरोध प्रदर्शन काठमाडौंको तीनकुनेमा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरेको छ। गणतान्त्रिक व्यवस्था उल्ट्याउन लाग्नेविरुद्ध सरकारले कदम नचालेको र प्रमुख प्रतिपक्ष एमालेविरुद्ध विभिन्न ठाउँबाट प्रहार भइरहेको भन्दै युवा संघले विरोध गरिरहेको हो ।

युवा संघले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि विरोध गरिरहेको छ । बैंकबाट लिएको ऋण नतिर्ने भन्दै बैंकहरूविरुद्ध विवादित अभिव्यक्ति दिँदै आएका प्रसाईंले पछिल्लो समय गणतान्त्रिक व्यवस्थाविरुद्ध नै अभिव्यक्ति दिँदै आएका थिए । त्यसको पनि युवा संघले विरोध गर्न लागेको एमाले नेता महेश बस्नेतले बताएका छन् ।

बस्नेतको नेतृत्वमा नै युवा संघले विरोध प्रदर्शन गरिरहेको छ । युवा संघको प्रदर्शनमा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका