"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको नेतृत्वमा भुकम्प प्रभावितका एक सय अस्थायी घर टहरा निर्माण अन्तिम चरणमा

प्रकाशित मिति :  23 November, 2023 4:14 pm


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार पौडेलको टोली जाजरकोट पुगेको हो ।

यो अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दीपकबाबु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू— महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरू, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेको मीन विश्वकर्माले जानकारी दिए । ‘दुःखको यो बेलामा योगदान गर्नु हुने पार्टीका सबै साथीहरूको नेपाली कांग्रेस उच्च प्रशंसा गर्दछ । साथै, यो अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपिल गर्दछ,’ विश्वकर्माको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेशबारे प्रष्टीकरण दिएका छन्। बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति