"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभाको चुनाव ११ माघमा गर्ने आयोगको तयारी

प्रकाशित मिति :  24 November, 2023 12:05 pm


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन ११ माघमा हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ माघमै चुनाव हुने बताएका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल २० फागुनमा सकिँदै छ ।

राष्ट्रिय सभामा सदस्यको पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुुसार १५ माघभित्र रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । तर, आयोगले अन्य तयारीलाई ध्यानमा राखेर ११ माघमा चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था छ । प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ११ माघमा चुनाव गर्न उपयुक्त हुने परामर्श दिएका छन् । ‘निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समयसमेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकाले माघ ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आयोगले परामर्श दिएको छ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले आयोगले उपयुक्त ठह¥याएको मिति ११ माघमै निर्वाचन मिति तोक्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै आवश्यक तयारीमा लाग्न र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न शुभकामना दिनुभएको छ,’ प्रमुख आयुक्त थपलियाले भने । 

कार्यकाल सकिन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन् । निर्वाचनका लागि आयोगले ०७८ को जनगणनाअनुसार नयाँ मतभार कायम गरिसकेको छ । पछिल्लो मतभारमा एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम भएको छ । यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट