"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन प्रशासनको ‘रोक’

प्रकाशित मिति :  24 November, 2023 12:33 pm


काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन ‘रोक’ लगाएको छ । निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद(घरबाट बाहिर निस्कन रोक) लगाएको हो ।

भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन् । ‘हिजोको उहाँहरूको गतिविधि अराजक देखियो । आज फेरि अनुमति नलिई सार्वजनिक स्थानमा कार्यक्रम राख्ने भन्नु भएको छ । बिनाअनुमति यसरी कार्यक्रम गर्न पाइँदैन । उहाँहरूकै सुरक्षाका लागि उहाँ जहाँ हुनुहुन्छ त्यहीँ रोकिएको हो । अनुमति नलिई उहाँहरूलाई कार्यक्रम राख्न दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ।

बिहीबार बल्खु क्षेत्रमा भएको विरोध प्रदर्शनपछि प्रसाईंले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । समापन कार्यक्रममा प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।