"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

प्रकाशित मिति :  24 November, 2023 6:06 pm


काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो । 

सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रुपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।

तर सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानुनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । उनको निवेदनमाथिको सुनुवाइमा सर्वोच्चले उनको मागबमोजिमको उत्प्रेषण आदेश किन जारी हुनु नपर्ने भन्नेबारे १५ दिनभित्र कारणसहित उपस्थित हुन आदेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा