"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वराजालाई गगनको चुनौती – च्याँखे थापेर बस्ने होइन, पार्टी खोलेर चुनाव लड्न आए हुन्छ

प्रकाशित मिति :  25 November, 2023 5:30 pm


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक व्यवस्था प्रयोग गरेर व्यवस्था परिवर्तन गर्न चूनौती दिएका छन्। गुल्मीको तमघासमा आयोजित कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानको बाटो अनुसरण गरेर व्यवस्था परिवर्तन गरेर देखाउन चुनौती दिएका हुन्।

थापाले पूर्वराजा आफैँ अगाडि नदेखिएर च्याखे थापेको संकेत गरे। उनले राजाहरुकै बदनियतका कारण नेपालको राजसंस्था विस्थापित भएको जिकिरसमेत गरे।

‘राजा फर्काउनुपर्छ भनेर कोहि आउँछ भने कांग्रेसले स्पष्ट भन्ने हो– जुवाको खालमा गएर च्याँखे दाउ थाप्ने होइन, सिधै खालमा भिड्न आए हुन्छ महाराज। कांग्रेस भिड्न तयार छ। जाने पार्टी खोल्ने, चुनाव लड्ने, संविधान बदल्ने/फेर्ने, व्यवस्था फर्काउने कांग्रेस यो कुराका लागि तयार छ। हाम्रो संबिधानले त्यो दिन्छ,’ महामन्त्री थापाले भने ।

पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गरेका हुन् । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताए ।

कतिपयले बीपीले राजतन्त्र मानेका थिए, कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका