"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा ८ जनालाई थुनामै राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

प्रकाशित मिति :  1 December, 2023 5:46 pm


काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहितलाई पूर्पक्षका लागि थुनामै राख्न जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौँको आदेश सदर गरेको हो ।

यही प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई भने अदालतले १० लाख धरौटी तोकिदिएको छ।

त्यस्तै टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग भएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख रुपैयाँ धरौटी मागिएको छ। त्यस्तै अभियुक्त टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन् भने रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका