नक्कली भुटानी शरणार्थी प्रकरणमा ८ जनालाई थुनामै राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर
काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहितलाई पूर्पक्षका लागि थुनामै राख्न जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौँको आदेश सदर गरेको हो ।
यही प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई भने अदालतले १० लाख धरौटी तोकिदिएको छ।
त्यस्तै टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग भएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख रुपैयाँ धरौटी मागिएको छ। त्यस्तै अभियुक्त टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन् भने रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।













