"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भाषणले मात्र चल्दैन, काम गरेर देखाउन सभापति देउवाको आग्रह

प्रकाशित मिति :  2 December, 2023 4:53 pm


बुटवल ।  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा पार्टी एकताबद्ध र बलियो भएर अघि बढने विश्वास व्यक्त गरेका छन् । 
सभापति देउवाले यस अघि बोल्ने कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीसहित पार्टीका अन्य नेतालेसमेत पार्टी एकताबद्ध नभएको, गुट र उपगुट बनेको, कार्यकर्तामा निराशा छाएको विचार व्यक्त गरेका थिए । त्यसको जवाफ दिँदै सभापति देउवाले पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनु पर्ने पनि बताए । 

देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको भन्दै उनले बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका हुन् । ‘चन्द्र भण्डारी जीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन,’ उनले भने, ‘पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला ।’

उनले आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको पनि दाबी गरे । ‘म त कम बोल्ने मान्छे हुँ, थाहै छ,’ उनले भने, ‘कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ ।’ काठमाडौं छिट्टै फर्कर्नु पर्ने भन्दै उनले महामन्त्रीद्वय र वरिष्ठ नेता शेखर कोइराला भन्दाअघि नै बोलेर हिंडेका छन् ।

सभापति देउवा अघि कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डाक्टर चन्द्र भण्डारी, दीपक गिरी, पुष्पा भुसाल लगायतले बोलेका थिए । बोल्ने बक्ताले कांग्रेसमा दुई समूहका पक्षमा आक्रोस व्यक्त गरेका थिए । राठौर, गिरी र भुसालले संस्थापन पक्षको बचाउ गरेका थिए । भण्डारीले पार्टी एक हुन नसकेको, गुट, उपगुट र परिवारजन देखिएको बताएका थिए । त्यसरी पार्टी चल्न नसक्ने भन्दै खराव कामको स्वमित्व कांग्रेसले लिन नसक्ने भन्दै उनले अबको नेता शेखर नै भएको बताएका थिए । सभापति देउवाले त्यसकै जवाफ दिँदै पार्टी एकताबद्ध र बलियो हुने विश्वास व्यक्त गर्दै त्यस्तो बनाउने शुभकामना भण्डारीलाई दिएका हुन् । कांग्रेसको सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य व्यक्त गर्ने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका