"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिलिपिन्समा शक्तिशाली भूकम्प

प्रकाशित मिति :  3 December, 2023 10:48 am


काठमाडौँ । फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

यस्तै, अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी प्रणाली सक्रिय भएपनि पछि त्यसको खतरा टरेको बताइएको छ ।

यसअघि, मिन्डानाओको पूर्वी तटमा स्थानीय समय अनुसार २२:३७ (१४:३७ जीएमटी) मा पहिलो भूकम्प गएपछि सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टलका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च जमिनमा जान भनिएको थियो। भूकम्पपछि जापानमा, फिलिपिन्सको उत्तर-पूर्वी क्षेत्रमा भने ०.४ मिटर (१.३ फिट) सम्मको सुनामी छालहरू देखिएका भने थिए । फिलिपिन्स वा जापानमा क्षति वा चोटपटकको तत्काल कुनै रिपोर्ट आएको छैन।

भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा, बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।

दुई टापु राष्ट्रहरू प्यासिफिक ‘रिङ अफ फायर’ को भाग हुन् जुन प्रमुख भूकम्पीय गतिविधिको क्षेत्रमा पर्छ र त्यहाँ विश्वको सबैभन्दा सक्रिय फल्ट लाइनहरू छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन