"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वर्तमान व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ : अध्यक्ष ओली

प्रकाशित मिति :  3 December, 2023 6:41 pm


मान्म (कालिकोट) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् ।

समृद्धिका लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए । “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो ।” उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।”

लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । “त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।” उनले भने, “नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पुर्याऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।” रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका