"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन हुने

प्रकाशित मिति :  6 December, 2023 12:56 pm


काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीबारे विस्तृत छानबिन गर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी छानबिन गर्ने बताएको हो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिएको र उसलाई जानकारी समेत नगराई अस्वभाविक मूल्यमा भएको कारोबार गरेको देखिएको सरकारले बताएको छ । यसबारे छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेको भन्दै वक्तव्यमा भनिएको छ, ‘प्रचलित कानुनी प्रावधान, अन्तर्राष्ट्रिय विधिको पालना, यस्ता क्रियाकलापबाट दुरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने अवसर, राजश्वमा पर्ने प्रभावबारे विस्तृत अध्ययन तथा छानबिन गर्नेछ ।’

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठक छ, त्यही बैठकले सम्भवत छानबिन समिति बनाउनेछ । छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने सरकारले बताएको छ ।

मन्त्री शर्माका अनुसार दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि बल्ल एनसेलले मंगलबार मात्र पत्र पठाएको छ ।

अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न जरुरी देखिएको भन्दै उनले भनिन्, ‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ ।’

यसमा कतिपयले प्रधानमन्त्री र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देवउालाई समेत जोडेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘जे उठेको छ, त्यसमा कुनै सत्यता छैन । यदि त्यसमा सत्यता हुन्थ्यो भने सरकारले यस्तो निर्णय गर्ने थिएन ।’

सरकार राष्ट्रहितप्रति प्रतिवद्ध रहेको भन्दै उनले नियम विपरीतका कुनै पनि क्रियाकलाप मान्य नहुने बताइन् ।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका