"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनसेल खरिद-बिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रकाशित मिति :  6 December, 2023 10:11 pm


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद-बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।उनका अनुसार यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समितिमा डाकेर छलफल गरिने छ ।

‘एनसेललगायत भ्रष्टाचार र अनियमिताका विषयमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने, एनसेल खरिद-बिक्रीका जुन प्रक्रिया चलिरहेको छ यसलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भयो,’ बैठकपछि सभापति पोखरेलले भने, ‘एनसेन खरिद-बिक्रीमा प्रक्रिया र सेयर अंक अस्वाभाविक रहेकोले करछली भएको आशंका रहेकोले छानबिन गर्नुपर्ने निष्कर्ष समितिको छ ।’

बैठकमा धारणा राख्ने धेरैजसो सांसदहरुले एनसेल खरिद-बिक्री प्रकरणमा उच्चस्तरका नेताहरुको समेत संलग्न रहेको आरोप लगाएका थिए । उनीहरुले नेपालमामा लगानीको वातावरण नभएर बाहिरिन लागेको भन्ने एनसेलको विज्ञप्तिका विषयमा पनि नेपाल सरकारको प्रस्ट धारणा आउनुपर्ने बताए ।

बैठकमा सांसदहरु अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, हरि ढकाल, मनिष झा, राजन केसी, योगेश भट्टराई, राजेन्द्र लिङ्देनलगयातले बोलेका थिए । आजियटाले सन् २०१६ मा १ खर्ब ४३ करोड रुपैयाँमा खरिद गरिएको कम्पनी अहिले करिब साढे ३ प्रतिशत मूल्य अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका