"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले १२ निर्माण कम्पनीलाई राख्यो कालोसूचीमा

प्रकाशित मिति :  11 December, 2023 11:28 am


काठमाडौं । सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा तीन वर्षसम्म कालोसूचीमा परेको छ । यो कम्पनीको मुख्य व्यक्ति सरोज कुमार शाह छन् ।

यसैगरी लक्ष्मण पाण्डेय मुख्य व्यक्ति रहेको त्रिवेणी निर्माण सेवा पोखरा र बमबहादुर कुर्मी मुख्य व्यक्ति रहेको गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई–दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका अन्य कम्पनीहरुको विवरण यसप्रकार छ–



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ