"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संकल्प यात्रामा अवरोध नपुर्‍याउन एमालेको आग्रह

प्रकाशित मिति :  12 December, 2023 11:59 am


काठमाडौं । नेकपा (एमाले)ले झुलाघाट– चिवाभञ्ज्याङ जारी संकल्प यात्रामा अवरोध नपुर्‍याउन आग्रह गरेको छ। मंगलबारबाट एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्दैछ। घुर्मी हुँदै कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेको अभियानमा विभिन्न समूहले अवरोध पुर्‍याउने प्रयास गरेको सूचना पाएको भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्ता गतिविध नगर्न आग्रह गरेका हुन्।

‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ। त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भनेका छन्।

नागरिकको विकास–समृद्धिप्रतिको चाहना-अपेक्षालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने सन्दर्भमा राजनीतिक दलको अभियानमा बाधा नपुर्‍याउन पनि उनले आग्रह गरेका छन्।

‘छेक्ने, ढुंगामुढा गर्ने, अवरोध सिजर्ना गर्ने, बन्द गर्नेजस्ता असंवैधानिक गतिविधि नगर्न, आफ्ना कुनै असमहति भए औपचारिकरूपमा शान्तिपूर्ण ढंगले राख्ने आफ्ना ठाउँहरू छन्,  त्यो ठाउँमा अहसमति राख्न अनुरोध गर्दछौं,’ उनले भनेका छन्। प्रदेश नामकरणको विषय कोशी प्रदेश सभाको भएको बताउँदै एमाले एक्लैले नगरेको उनको प्रष्टीकरण छ।

‘यो एमाले एक्लैको निर्णय होइन। यसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सबै राजनीतिक दलहरू यसमा सामेल छन्। उनीहरूको हस्ताक्षर अहिले पनि जीवित छन्। त्यसकारण नेकपा (एमाले) लाई मात्रै निशाना बनाएर गरिने गतिविधि, बन्दहरू कुनै पनि अर्थमा लोकतान्त्रिक हुन सक्दैनन्,’ उनको तर्क छ।

एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।