"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय दलको नेता परिवर्तनमा प्रयास गरौँ : महामन्त्री गगन

प्रकाशित मिति :  13 December, 2023 6:12 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दल नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन्। संस्थापनइतर समूहले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औं महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन नहुने परिस्थिति बन्ने बताएका हुन्।

‘पार्टी नेतृत्वको अहिलेको काम गराई हेर्दा ०८२ मा १५ औं महाधिवेशन हुने सम्भावना देखिँदैन, हामीले त सक्दो कोसिस गरिराखिएको छ,’ थापाका भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले जतिसक्दो छिटो संसदीय दल नेता परिवर्तन गरौं। जो संसदीय दल नेता भए पनि हुन्छ। सबै मिल्ने हो भने शेखर कोइरालालाई संसदीय दल नेता बनाएर जान पनि सकिन्छ।’

२०७९ पुस ६ मा भएको चुनावमा शेरबहादुर देउवासँग थापा संसदीय दल नेतामा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला थापालाई हराउँदै देउवा विजयी भएका थिए। अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।