"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय दलको नेता परिवर्तनमा प्रयास गरौँ : महामन्त्री गगन

प्रकाशित मिति :  13 December, 2023 6:12 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दल नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन्। संस्थापनइतर समूहले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औं महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन नहुने परिस्थिति बन्ने बताएका हुन्।

‘पार्टी नेतृत्वको अहिलेको काम गराई हेर्दा ०८२ मा १५ औं महाधिवेशन हुने सम्भावना देखिँदैन, हामीले त सक्दो कोसिस गरिराखिएको छ,’ थापाका भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले जतिसक्दो छिटो संसदीय दल नेता परिवर्तन गरौं। जो संसदीय दल नेता भए पनि हुन्छ। सबै मिल्ने हो भने शेखर कोइरालालाई संसदीय दल नेता बनाएर जान पनि सकिन्छ।’

२०७९ पुस ६ मा भएको चुनावमा शेरबहादुर देउवासँग थापा संसदीय दल नेतामा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला थापालाई हराउँदै देउवा विजयी भएका थिए। अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका