"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले राष्ट्रिय सभामा १० सिट दाबी गर्ने, आकांक्षीहरू सिफारिस गर्न आग्रह

प्रकाशित मिति :  15 December, 2023 4:38 pm


नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ।  शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए। माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ। 

त्यसका लागि कांग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकांक्षीहरू सिफारिस गर्न आग्रह गरेको समिति सदस्य आनन्द ढुंगानाले बताए। एक प्रदेशले तीन जना आकांक्षीहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।  प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदेशले ७ दिनभित्र उम्मेदवार सिफारिस गर्नुपर्छ। उम्मेदवार कस्तालाई सिफारिस गर्ने मापदण्डसहित केन्द्रीय कार्यालयले पत्राचार गर्ने पनि उनले बताए। 

यस्तै पुस १२ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने पनि निर्णय भएको छ। त्‍यही बेला राष्ट्रिय सभा चुनावमा उम्मेदवार चयन गर्न, अरू दलहरूसँगको गठबन्धन लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ। 

महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्न लागेको हो। यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका