"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘समृद्धिका लागि सङ्कल्प’ एमालेको पदयात्रा आज समापन हुदै

प्रकाशित मिति :  17 December, 2023 11:53 am


काठमाडौँ । नेकपा एमाले गत मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ ।  सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज समापन गरिने भएको हो । 

शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । 

प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् ।  

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए । मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका