"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको संकल्प यात्रा १८ औं दिनमा चिवाभन्ज्याङमा समापन

प्रकाशित मिति :  17 December, 2023 2:05 pm


पाँचथर । मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार १८ औं दिनमा पूरा भएको छ। पाँचथरको चिवाभन्ज्याङमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि राष्ट्रिय झण्डोत्तलन गरेपछि यात्रा औपचारिक रुपमा समापन भएको हो।

लगभग  २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथर  र भारत  सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे भएको हो। ओलीले  यात्रामा सहभागीहरुलाई धन्यवाद दिएका छन्। राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा  उत्साह फैलिएको विश्वास व्यक्त गरे। अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए।

आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताए।

‘देशको राजनीति अलमलमा छ,  देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भने,  ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ।’ ओलीले आफूहरुको यात्राले अवाञ्छित चिन्तनलाई हतोत्साही पारेको पनि दाबी गरेका छन्।

‘यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्विपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ,’, उनले भने ‘ सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा यो यात्राले दिएको छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका