"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको एक वर्षको काम मूल्याङ्कन १०० मा १० अङ्क मात्रै : महामन्त्री गगन

प्रकाशित मिति :  18 December, 2023 11:29 am


पर्वत । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्।

कांग्रेससमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको थापाको भनाइ छ।

पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छ? म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु- गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’

सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनले बताए। ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नुपर्‍यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका