"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको एक वर्षको काम मूल्याङ्कन १०० मा १० अङ्क मात्रै : महामन्त्री गगन

प्रकाशित मिति :  18 December, 2023 11:29 am


पर्वत । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्।

कांग्रेससमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको थापाको भनाइ छ।

पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छ? म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु- गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’

सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनले बताए। ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन,’ उनले भने, ‘अब एक वर्ष बाँकी छ। हामीले बनाएको सरकार हो। कि अब १० अङ्क मात्रै आएकोले मेहनत गर्छु भन्नुपर्‍यो। नत्र अर्को वर्ष १० बाट घटेर ८ अङ्कमा झर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।