"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन तयारी पूरा

प्रकाशित मिति :  19 December, 2023 11:13 am


पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको मंगलबारदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ। कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए। सम्मेलनको उद्घाटन  पोखरा सभागृहमा हुने र बन्दसत्र बुधबार पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका