"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस गण्डकी सम्मेलनको ब्यानरमा विवाद, टेपले छोपेर गरियो कार्यक्रम

प्रकाशित मिति :  19 December, 2023 4:29 pm


पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन मंगलबार पोखरामा सुरू भएको छ। सम्मेलनका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री शशांक कोइराला र गोपालमान श्रेष्ठलगायत नेताहरू सहभागी छन्।

सम्मेलन सुरू हुनुपूर्व सभापति देउवा र गण्डकी सभापति शुक्रराज शर्माबीच ब्यानरमा लेखिएको विषयबारे विवाद भएको थियो। प्रदेश सम्मेलनको ब्यानरमा ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनर्स्थापित गरौं’ लेखिएको थियो। सभापति देउवाले यस्तो कुरा ब्यानरमा राखेको भन्दै गण्डकी सभापति शर्मासँग रिसाएको र उनीहरूबीच भनाभन भएको गण्डकी कांग्रेसका एक नेताले बताए।

सभापति देउवाले ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य ब्यानरबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य टेपले छोपेर कार्यक्रम सुरू गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका