"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस गण्डकी सम्मेलनको ब्यानरमा विवाद, टेपले छोपेर गरियो कार्यक्रम

प्रकाशित मिति :  19 December, 2023 4:29 pm


पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन मंगलबार पोखरामा सुरू भएको छ। सम्मेलनका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री शशांक कोइराला र गोपालमान श्रेष्ठलगायत नेताहरू सहभागी छन्।

सम्मेलन सुरू हुनुपूर्व सभापति देउवा र गण्डकी सभापति शुक्रराज शर्माबीच ब्यानरमा लेखिएको विषयबारे विवाद भएको थियो। प्रदेश सम्मेलनको ब्यानरमा ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनर्स्थापित गरौं’ लेखिएको थियो। सभापति देउवाले यस्तो कुरा ब्यानरमा राखेको भन्दै गण्डकी सभापति शर्मासँग रिसाएको र उनीहरूबीच भनाभन भएको गण्डकी कांग्रेसका एक नेताले बताए।

सभापति देउवाले ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य ब्यानरबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य टेपले छोपेर कार्यक्रम सुरू गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।