"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लेखा समिति सभापति पोखरेलको अभिव्यक्तिप्रति सांसद थापाको आपत्ति

प्रकाशित मिति :  20 December, 2023 4:49 pm


काठमाडौं । एनसेल बिक्री प्रकरणमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलको विषयलाई लिएर सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गम्भीर टिप्पणी गरेका छन् ।

उनले एनसेल प्रकरणमा सार्वजनिक लेखा समितिले गरिरहेको छानबिन प्रभावित बनाउन सरकारी शक्ति, सत्ता, पहुँच र साधनको प्रयोग गरी भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा अगाडि लेखेका छन्, ‘आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरु मार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेल व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।’

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेको थियो । छलफलपछि समितिले एनसेल ५ वर्षपछि नेपाल सरकारकै मातहतमा आउने गरी काम गर्न सरकारलाई निर्देशन दिएको थियो ।

पोखरेलको टिप्पणीलाई लिएर राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् । उनले एउटा संसदीय समितिका सभापतिले अर्को संसदीय समितिमाथि आरोपित गर्नु गम्भीर विषय भएको भन्दै सभामुखसँग कुरा गर्न राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेका छन् ।

‘संसदीय समितिमा कार्यक्षेत्रका बारेमा विवाद हुन्छ, तर यो स्तरमा उत्रिएर एउटा समितिले अर्को समितिका बारेमा अर्को टिप्पणी गर्ने कुरा …यो संसदको गरिमासँग मर्यादासँग जोडिने कुरा पनि हो’, उनले भने, ‘त्यसैले माननीय सभापतिलाई यो विषयलाई हल्का रुपमा नलिन र आजै सभामुखसँग उठाउन, यसका विषयमा गम्भीरतापूर्वक कुराकानी गर्न आग्रह गर्दछु ।’

लेखा समितिको सभापतिको टिप्पणीले राज्य व्यवस्था समितिका सदस्यहरुको मान मर्यादामा पनि असर पुगेको थापाले बताए । ‘यो विषय यत्तिकै जान हुँदैन, यसका विषयमा यो यो भयो भन्ने सुन्न पाइयोस्’ थापाले सभापति खतिवडालाई भने ।
थापाको अभिव्यक्तिपछि राज्य व्यवस्था समितिका सभापति पोखरेलले यो विषयमा सभामुखसँग समन्वय गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका