"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिडियाले खराब कुरामात्र प्राथमिकतामा राख्न हुन्न : देउवा

प्रकाशित मिति :  20 December, 2023 6:08 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संचारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताएका छन्। बुधबार पोखरामा पूर्व सांसद एवं उद्योगी सूर्यबहादुर केसीको स्मृतिमा स्थापना गरिएको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण समारोहमा बोल्दै उनले खराब समाचार संचारमाध्यमका लागि राम्रो समाचार हुने बताएका हुन्। ‘पत्रकारको सम्बन्धमा एउटा भनाइ छ, ब्याड न्युज इज गुड न्युज फर मिडिया,’ उनले भने, ‘मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र चल्छ बढी। त्यसकारण ब्याड न्युज इज गुड न्युज फर मिडिया भन्छ हेर्नुस्।’

बेलायतमा पढ्न बस्दा आफूहरूले नेपालमा प्रजातन्त्रका लागि जुलुस निकाल्दा बिबिसीका पत्रकार आउन नमानेको पनि उनले बताए। ‘एक पटक के भयो भने बेलायतमा पढ्दै थिएँ, नेपाल एम्बेसीमा जुलुस निकाल्छौं आइदेउ भनेर बिबिसीलाई भनेको थिएँ,’ देउवाले भने, ‘बम पड्काउने भए मात्र आउँछु नत्र आउँदिनँ, कहाँ कहाँ जान साध्य हुन्छ भन्यो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान पत्रकारहरू सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोलालाई प्रदान गरेका थिए। पुरस्कार अर्पणपछि बोलेका देउवाले नेपालमा अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्र पनि सुधारको दिशामा अघि बढेको बताए।

‘हाम्रो देशमा पत्रकारिता होस या अरू विकास, सुधारको दिशामा छ, अझ अगाडि बढाउनुछ,’ उनले भने, ‘जिम्मेवार पत्रकारिताको धेरै अर्थ छ हेर्नुस्।’

सूर्यबहादुर केसीलाई आफूले संसदमा चिनेको भन्दै देउवाले नेपाली कांग्रेसमा प्रवेश गरेपछि आफू केसीको घरमा जाने गरेको स्मरण गरे। पोखराको हिमश्री फुड्सका संस्थापक केसी २०७७ कात्तिक १७ गते निधन भएको थियो। उनको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ कास्की शाखाले व्यवस्थापन गर्ने गरी पत्रकारिता सम्मान स्थापना गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले