"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संकल्प यात्रा सफल भएको एमाले सचिवालय बैठकको निष्कर्ष

प्रकाशित मिति :  21 December, 2023 11:12 am


काठमाडौँ । नेकपा एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ। पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरूपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ’, उनले भने, ‘जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ।’

यसैगरी बैठकमा एनसेल शेयर बिक्री प्रकरण र भारतको संसद्मा रहेका सांसदमाथि गरिएको निलम्बनबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए।

उनले यही पुस ८ गते दिउँसो १ बजे ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’को बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।