"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुशासन र भ्रष्टाचारका काण्ड सुनेर जनता आक्रोशित छन् : गगन थापा

प्रकाशित मिति :  21 December, 2023 7:37 pm


जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’ 

महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता रिसाएको बताएका छन् । कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले एकपछि अर्को काण्ड सुनेर जनता आजित भएको टिप्पणी गरे । ‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् । रिसाएका छन् ।’

जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनमा सम्बोधन गर्दै थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए । थापाले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्‍याउनु पर्ने बताए ।

नेता थापाले देशको ठूलो दलको हैसियतले कांग्रेसले यी समस्याहरुलाई गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने बताए । कांग्रेसको मधेश सम्मेलनमा मधेशका समस्याको विषयमा छलफल गर्न महामन्त्री थापाले आग्रह गरे । ‘मधेश प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको, वैदेशिक रोजगारमा जाने यहीँबाट धेरै छन्, तर गरिबी किन नघटेको ? ५७ प्रतिशत किसानलाई किन बर्षभरि खान पुग्दैन ? यो विषयमा प्रदेश सम्मेलनमा समीक्षा गरौं’, उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा