"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तक लेख्न नसकेको देउवाको स्वीकार

प्रकाशित मिति :  ८ पुष २०८०, आईतवार १६:२५


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्न नसकेको बताएका छन्। भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको देउवाले स्वीकारे। ‘सन्त नेता’को छवि बनाएका भट्टराईंको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईंको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए।

‘उहाँको विषयमा खोजीनीती हुनुपर्छ। किताब राम्रोसँग लेख्नुपर्छ,’ उनले भने, ‘हामी पार्टीबाट यसमा लाग्ने छौँ।’ उनले भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने बताए। भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए। ‘आर्दशको राजनीति, विधिको शासन र किसुनजी’को योगदान विषयक अन्तर्क्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको समेत बताए।

‘अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ। कमजोर बनाउने कुरा भएको छ। हामी सबै एक भएर लाग्नुपर्छ,’ उनले भने, ‘इतिहास फर्कने कुरा छैन। गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ। यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ।’ सभापति देउवाले भट्टराईको बारेमा जति बोले पनि कम हुने धारणा राखे। २०४७ को संविधान बनाएर राजतन्त्रसहितको प्रजातन्त्र स्थापना गर्दै नेपाली जनतालाई सर्वसत्ता सम्पन्न बनाउन भट्टराईं सफल भएको भनाइ देउवाको थियो। साथै उनले भट्टराई सच्चा ‘त्यागी नेता’ भएको र कुनै दाग लाग्न नसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । प्रधानमन्त्री तथा

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र