"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, माधव नेपालको विरोध

प्रकाशित मिति :  4 January, 2024 12:45 pm


काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने एक नेताले बताए ।

बैठकमा सहभागी एक नेता अनुसार, ‘आजको बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा पनि रणनीतिक रुपमा पनि गलत छ भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत हुनुभयो, त्यसपछि साँझ फेरि एमालेसँग छलफल गर्ने भनेर बैठक स्थगित भयो ।’

बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए । प्रधानमन्त्री प्रचण्डले, ओलीले आफूहरुलाई राष्ट्रिय सभामा शून्य नबनाउन भनेको बैठकका सहभागीहरुलाई सुनाएका थिए । एमालेले प्रस्ताव ल्याएपछि त्यसमा छलफल गर्ने र सिट बाँडफाँटको टुंगो लगाउने भन्दै बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको थियो ।

यद्यपि बिहीबार बिहानको बैठकमा शीर्ष नेताहरुले कुन-कुन दललाई कति-कति सिट भाग लगाउने भन्ने विषय सार्वजनिक गरेनन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षमा संघीय संसद्मा पेस गर्नका लागि १२१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा