"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत

प्रकाशित मिति :  9 January, 2024 4:45 pm


काठमाडौँ  । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्वाचित भएका छन्। आज मंगलबार बसेको कोशी प्रदेश सभाको बैठकले विष्टठलाई सर्वसम्मत सभामुख चयन गरेको हो। त्यस सम्बन्धमा सभाले आजै निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।

विष्टलाई सभामुख बनाउन राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावलाई राप्रपा सांसद प्रेमराज थाम्सुहाङले समर्थन गरेका थिए। उक्त प्रस्ताव सबै दलका सांसदले सर्वसम्मतिले पारित गरे।

गठबन्धनको सरकार गठन प्रयोजनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।सभामुख पदमा अन्य कोही सदस्यको मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका