"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक वर्षमा १६ लाख नेपाली बिदेसिएको अध्यागमनको प्रतिवेदन

प्रकाशित मिति :  9 January, 2024 5:00 pm


काठमाडौँ । गत वर्ष सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विभिन्न प्रयोजनका लागि विदेश उडेका छन्। अध्यागमन विभागको विवरणअनुसार गत वर्ष स्थायी  र  अस्थायी  बसोबासका लागि विदेश जानेको संख्या १ लाख ६३ हजार २ सय ६४ छ। यसमा स्थायी रूपमा विदेशमा बस्न जाने ७० हजार ९१५ जना छन् भने अस्थायी बसोबासका लागि ९२ हजार ३४२ जना विदेश गएका छन्।

यस अवधिमा रोजगारीको खोजीमा ८ लाख ८ हजार ४१५ र अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना विदेश गएका हुन्। त्यस्तै पर्यटन तथा तीर्थयात्राका लागि २ लाख ४ हजार ५१८, परिवार, नातागोता भेट्न १ लाख ६७ हजार ४८५ जना विदेश गएको अध्यागमनको तथ्यांक छ। डेपेन्डेन्ट भिसामा २० हजार ६१३, व्यापारका लागि १८ हजार ९६४ र यूएन मिसनमा ६ हजार ५८ जना नेपाल विदेश उडेका छन्।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा २ लाख ७१ हजार ८८ जना गएका छन्। यसपछि भारतमा १ लाख ८० हजार ६ सय २, कतारमा १ लाख ७९ हजार ४ सय ४१ र मलेसियामा १ लाख ६५ हजार २ सय १ जना नेपाली गएका छन्।  सन् २०२३ मा नेपाली गएका मुलुकमा साउदी अरेबिया पाँचौँ नम्बरमा छ। त्यहाँ १ लाख ३६ हजार २ सय ३ जना गएका छन्।

अस्ट्रेलियामा १ लाख ५ हजार तीन सय ४३, जापानमा ८२ हजार ७ सय ७२, संयुक्त राज्य अमेरिकामा ६७ हजार ८ सय १०, बेलायतमा ५३ हजार ४ सय १ र कुवेतमा ४८ हजार १ सय ३ जना नेपाली गएका छन्। एघारौँ नम्बरमा रहेको दक्षिण कोरियामा ३४ हजार ८ सय ६४ नेपाली पुगेको अध्यागमनको विवरणमा उल्लेख छ।

थाइल्यान्डमा ३० हजार १ सय ८४, क्यानडामा २३ हजार २ सय ८९, छिमेकी चीनमा गत वर्ष २० हजार १ सय ८१ नेपाली गएका छन्। यसैगरी १५ औँ नम्बरमा रहेको हङकङमा १८ हजार १९ जना नेपाली गएको विभागको विवरणमा उल्लेख छ।

दक्षिण एसियाली मुलुकमध्ये बंगलादेशमा १० हजार ५२, मालदिभ्समा ९ हजार ४ सय ३४, श्रीलंकामा तीन हजार ३८०, भुटानमा ८ सय ३१, पाकिस्तानमा ६ सय ३९ र अफगानिस्तानमा तीन सय ३१ नेपाली गएका छन्। गत वर्ष २ सय २२ देशमा नेपाली पुगेको विवरणमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर