"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक वर्षमा १६ लाख नेपाली बिदेसिएको अध्यागमनको प्रतिवेदन

प्रकाशित मिति :  9 January, 2024 5:00 pm


काठमाडौँ । गत वर्ष सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विभिन्न प्रयोजनका लागि विदेश उडेका छन्। अध्यागमन विभागको विवरणअनुसार गत वर्ष स्थायी  र  अस्थायी  बसोबासका लागि विदेश जानेको संख्या १ लाख ६३ हजार २ सय ६४ छ। यसमा स्थायी रूपमा विदेशमा बस्न जाने ७० हजार ९१५ जना छन् भने अस्थायी बसोबासका लागि ९२ हजार ३४२ जना विदेश गएका छन्।

यस अवधिमा रोजगारीको खोजीमा ८ लाख ८ हजार ४१५ र अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना विदेश गएका हुन्। त्यस्तै पर्यटन तथा तीर्थयात्राका लागि २ लाख ४ हजार ५१८, परिवार, नातागोता भेट्न १ लाख ६७ हजार ४८५ जना विदेश गएको अध्यागमनको तथ्यांक छ। डेपेन्डेन्ट भिसामा २० हजार ६१३, व्यापारका लागि १८ हजार ९६४ र यूएन मिसनमा ६ हजार ५८ जना नेपाल विदेश उडेका छन्।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा २ लाख ७१ हजार ८८ जना गएका छन्। यसपछि भारतमा १ लाख ८० हजार ६ सय २, कतारमा १ लाख ७९ हजार ४ सय ४१ र मलेसियामा १ लाख ६५ हजार २ सय १ जना नेपाली गएका छन्।  सन् २०२३ मा नेपाली गएका मुलुकमा साउदी अरेबिया पाँचौँ नम्बरमा छ। त्यहाँ १ लाख ३६ हजार २ सय ३ जना गएका छन्।

अस्ट्रेलियामा १ लाख ५ हजार तीन सय ४३, जापानमा ८२ हजार ७ सय ७२, संयुक्त राज्य अमेरिकामा ६७ हजार ८ सय १०, बेलायतमा ५३ हजार ४ सय १ र कुवेतमा ४८ हजार १ सय ३ जना नेपाली गएका छन्। एघारौँ नम्बरमा रहेको दक्षिण कोरियामा ३४ हजार ८ सय ६४ नेपाली पुगेको अध्यागमनको विवरणमा उल्लेख छ।

थाइल्यान्डमा ३० हजार १ सय ८४, क्यानडामा २३ हजार २ सय ८९, छिमेकी चीनमा गत वर्ष २० हजार १ सय ८१ नेपाली गएका छन्। यसैगरी १५ औँ नम्बरमा रहेको हङकङमा १८ हजार १९ जना नेपाली गएको विभागको विवरणमा उल्लेख छ।

दक्षिण एसियाली मुलुकमध्ये बंगलादेशमा १० हजार ५२, मालदिभ्समा ९ हजार ४ सय ३४, श्रीलंकामा तीन हजार ३८०, भुटानमा ८ सय ३१, पाकिस्तानमा ६ सय ३९ र अफगानिस्तानमा तीन सय ३१ नेपाली गएका छन्। गत वर्ष २ सय २२ देशमा नेपाली पुगेको विवरणमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।