"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाजरकोट अस्पतालमा काम गर्ने डाक्टरलाई मासिक भत्ता १ लाख

प्रकाशित मिति :  18 January, 2024 3:14 pm


नेपालगन्ज । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई प्रति महिना एक लाख भत्ता दिइने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।

उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई नेपाल मेड नेपाल नामक संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ। दुर्गम क्षेत्रमा करारमा काम गर्न डाक्टरहरूले चासो देखाउने गरेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जाजरकोट अस्पतालमा डाक्टर पठाउने व्यवस्था मिलाउन थप भत्ता मिलाउन उक्त संस्थासँग पहल गरेकी थिइन्।

‘करारमा नवौं तहमा काम गर्ने डाक्टरले दुर्गम भत्ता, जोखिम भत्ता जोडेर १ लाख ९ हजार जति पाउँछन्’, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले भनिन्, ‘थप एक लाख भत्तापछि डाक्टरहरू जाजरकोट जाने अपेक्षा छ।’

उनले अस्पतालमा डाक्टर अभाव देखेपछि नेपाल मेड संस्थालाई जाजरकोट अस्पतालमा सहयोगका लागि सम्पर्क गरिदिएकी हुन् । डाक्टर समेत रहेकी सांसद कार्की भूकम्पका बेला ३५ दिन जाजरकोटमै बसेर स्वास्थ्य उपचारमा समेत खटिएकी थिइन्। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा