"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केपी ओलीको टिप्पणी : गठबन्धनको जात देशद्रोही, गोत्र निकम्मा

प्रकाशित मिति :  18 January, 2024 3:33 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई देशद्रोही भन्दै गम्भीर आरोप लगाएका छन्। पार्टीनिकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचारी र तस्करीको संरक्षक भएको आरोप लगाएका हुन्।

‘गठबन्धनमा भएका सबै लोभिपापीहरू हुन्। यिनीहरूको घाँटी मात्र होइन सिंगै शरीर जोडिएको छ,’ उनले भने, ‘यी एकै वंश, एकै नश्लका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो। यिनीहरू एकै ठाउँमा बस्छन्।’ उनले गठबन्धन गरेर बनेको सरकारलाई तरकारी बारीको बुख्याँचासँग पनि तुलना गरे।

‘गठबन्धनमा रहेका हाम्रा विरोधी कोही पनि हामीसँग एक्लै भिड्ने आँट गर्दैनन्। सबै जोडेर सरकार बनाएका छन्। सरकार तरकारी बारीको बुख्याँचा जस्तो छ। अहिले त्यसका टाउकामा सुगा पनि बस्छ, काग पनि बस्छ। किनभने सबैले चिनिसके यसले केही गर्दैन,’ ओलीले भने, ‘यो सरकार निकम्मा मात्र होइन भ्रष्टाचारको संरक्षक, तस्करीको संरक्षक, कमिशनखोरीको आयोजक र संरक्षक हो।’

उनले देशको अवस्था बर्बादीतिर गइरहेकोले आन्दोलनको तयारीमा रहन पनि आग्रह गरे।
उनले भने, ‘हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने अवस्था छ। त्यसअघि सशक्त रुपमा हामीले आफूलाई सुसंगठित गर्नुपर्नेछ। पार्टीले जति बेला सिट्ठी बजाउँछ त्यति बेला आन्दोलनका मैदानमा दौडिएर पुग्नेगरी तयारी अवस्थामा रहनुहोला।’

उनले आन्दोलनका छिटै भइहाल्ने पनि संकेत गरे। ‘हामीलाई धेरै दिनको समय नहुन सक्छ। छोटो ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ,’ उनले भने, ‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौं। उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ। उनीहरू आतंकित छन्। एक्लै लड्न सक्दैनन्। हामी एक्लै ८० सिट ल्याउँछौँ। उनीहरू एक्लै भए भने २०/३० सिट पुऱ्याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरूको बेहाल हुन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका